हुन्डाईलाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

महिन्द्रा पहिलो पटक भारतको दोस्रो ठूलो कार निर्माता बनेको छ । फेब्रुअरी २०२५ को बिक्री आँकाडा अनुसार स्वदेशी ब्रान्डले हुन्डाईलाई पछि पार्दै पहिलोपटक दोस्रो ठूलो कार निर्माता बनेको हो । गत वर्ष फेब्रुअरीको तुलनामा १९ प्रतिशतले बिक्री बढेका कारण कम्पनीले यो उपलब्धी हाँसिल गरेको हो ।
मिडिया रिपोर्टका अनुसार महिन्द्राले फेब्रुअरी २०२५ मा ५० हजार ४२० यूनिट कार बिक्री गर्दा हुन्डाईले ४७ हजार ७२७ यूनिट बिक्री गरेको थियो । जुन भारतमा बिक्री भएको परिणाम हो । निर्यातलाई समेत जोडेर हेर्दा भने हुन्डाई अहिले पनि भारतको दोस्रो ठूलो कार निर्माता छ ।
निर्यात सहित हुन्डाईको कुल बिक्री फेब्रुअरीमा ५८ हजार ७२७ यूनिट रहेको छ । कार निर्माताको निर्यात ६.८ प्रतिशतले बढेर ११ हजार यूनिट पुगेको जनाइएको छ ।
अर्कोतर्फ, महिन्द्राको निर्यात १ हजार ९६६ यूनिटमा सिमित हुँदा उसको कुल बिक्री ५२ हजार ३८६ यूनिटमा सिमित रह्यो ।
प्रभावशाली बिक्री प्रदर्शनको बारेमा टिप्पणी गर्दै, महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष (अटोमोटिभ डिभिजन) विजय नक्राले भने, ‘यो बलियो प्रदर्शन हाम्रो एसयूभीहरूको लागि निरन्तर सकारात्मक गतिको परिणाम हो ।’