citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

हुन्डाईलाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

Nimb long ad
Prabhu Insurance Long Ad

महिन्द्रा पहिलो पटक भारतको दोस्रो ठूलो कार निर्माता बनेको छ । फेब्रुअरी २०२५ को बिक्री आँकाडा अनुसार स्वदेशी ब्रान्डले हुन्डाईलाई पछि पार्दै पहिलोपटक दोस्रो ठूलो कार निर्माता बनेको हो । गत वर्ष फेब्रुअरीको तुलनामा १९ प्रतिशतले बिक्री बढेका कारण कम्पनीले यो उपलब्धी हाँसिल गरेको हो ।

मिडिया रिपोर्टका अनुसार महिन्द्राले फेब्रुअरी २०२५ मा ५० हजार ४२० यूनिट कार बिक्री गर्दा हुन्डाईले ४७ हजार ७२७ यूनिट बिक्री गरेको थियो । जुन भारतमा बिक्री भएको परिणाम हो । निर्यातलाई समेत जोडेर हेर्दा भने हुन्डाई अहिले पनि भारतको दोस्रो ठूलो कार निर्माता छ ।

निर्यात सहित हुन्डाईको कुल बिक्री फेब्रुअरीमा ५८ हजार ७२७ यूनिट रहेको छ । कार निर्माताको निर्यात ६.८ प्रतिशतले बढेर ११ हजार यूनिट पुगेको जनाइएको छ ।

अर्कोतर्फ, महिन्द्राको निर्यात १ हजार ९६६ यूनिटमा सिमित हुँदा उसको कुल बिक्री ५२ हजार ३८६ यूनिटमा सिमित रह्यो ।

प्रभावशाली बिक्री प्रदर्शनको बारेमा टिप्पणी गर्दै, महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष (अटोमोटिभ डिभिजन) विजय नक्राले भने, ‘यो बलियो प्रदर्शन हाम्रो एसयूभीहरूको लागि निरन्तर सकारात्मक गतिको परिणाम हो ।’

IME Life
kumari