citizens life insurance long ad
stcnepal long ad

‘मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ’–अर्थमन्त्री पौडेल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएर सुधारतर्फ अग्रसर भइरहेको बताउनुभएको छ ।

चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक मूल्याङकन प्रतिवेदनबारे जानकारी दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले सरकार काम गर्ने र नतिजा ल्याउने विषयमै केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, “वर्तमान सरकार गठनभएदेखि यहाँसम्म आइपुग्दा तथ्याङकलाई राम्रोसँग विश्लेषण गरेर हेर्ने हो भने अर्थतन्त्र ओरालो लाग्ने क्रमलाई रोकेर क्रमशः सुधारतर्फ अग्रसर छ । सवै परिसूचकले यही बताइरहेका छन् । कार्य क्षमताका आधारमा यो सरकार सक्षम छ ।”

सुरु गरिएका सुधारका अभ्यासलाई तीव्रता दिने तथा छिटो परिणाम हासिल गर्नेतर्फ सरकार उन्मुख रहेको बताउँदै उहाँले भन्नुभयो, “सरकारले राम्रो काम गरेको छ, राम्रो गर्दै जान्छ, जति राम्रा काम भएका छन् त्यसप्रति गर्व छ, अझ राम्रो गर्ने सङकल्प छ ।” समग्र आर्थिकका साथै राजस्व वृद्धिमा प्रगति भएको उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले सरकारले चालेका सुधारका कार्यक्रमको केही समयपछि नतिजा देखिने बताउनुभयो ।

अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आर्थिक क्रियाकलापलाई चलायमान बनाउँदै पुँजीगत खर्च बढाउने र अर्थतन्त्र ठिक बाटोमा लैजाने काम भइरहेको बताउनुभयो ।

IME Life
kumari