stcnepal long ad
himalayan life insurance long ad

आइएमई पेमा रकम पाउँदा ५०० रूपैयाँ बोनस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रूपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ।

विश्वको जुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ। आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार रूपैयाँ सम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ।

त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमशः १००, २०० र ५०० रूपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने बताइएको छ।

कारोबारमा संलग्न एक जनाले महिनाको दुई पटक सम्म बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वास कम्पनीको छ।

आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए।