stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँः अध्यक्ष ढकाल

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । अध्यक्ष ढकालले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसावबाट अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले सबै जिम्मेवार भएर काम गर्ने हो भने छोटो समयमै अर्थतन्त्र सुधार हुने दाबी गर्नुभयो ।अध्यक्ष ढकालले अन्तर मन्त्रालय र निकायबीचको समन्वयको अभावले पनि कतिपय समस्याहरु सिर्जना भइरहेको जानकारी दिनुभयो ।

‘‘सरकारले पोलिसी ल्याएर मात्रै पनि हुँदैन । हामी सबैले आफ्नो जिम्मेवारी वहन गर्न सक्नुपर्छ । हामी सबै पक्ष एउटा जिम्मेवार हिसावबाट जान सक्नुपर्छ । छोटो समयमै सुधार गर्न सकिन्छ । हाम्रो मन्त्रालय, मन्त्रालयबिच, मन्त्रालय र विभागबिच, विभाग र मातहतका कार्यालयबिच पनि समन्वय हुन सकेको छैन ।,

’’ अध्यक्ष ढकालले भन्नुभयो, ‘‘यसले कन्फिडेन्स बिल्डप गर्नेकुरामा अवरोध गरेको छ । निकायहरुबिचको समन्वय महत्त्वपूर्ण छ । काम गरेको भुक्तानी सरकारले गरिदिन्छ है भन्ने वातावरण बन्नुपर्छ ।

उहाँहरुले प्रस्तुत गर्नुभएको रकम र सरकारले प्रस्तुत गरेको फिगर फरक छ । वास्तविक रकम कति हो त्यो आउनुपर्छ ।’’

अध्यक्ष ढकालले अर्थतन्त्र अहिलेको अवस्थामा पुग्नु विगतमा सरकारले लिएका नीतिहरु रहेको बताउनुभयो ।

prabhu mahalaxmi
kumari