stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ विप्रेषण भित्रियो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु पाँच खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु पाँच खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार एक सय पाँच रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ रहेको थियो ।

prabhu mahalaxmi
kumari