evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेपाल चेम्बर र चिनिया“ व्यवसायीबिच व्यापार सहजीकरण र लगानीको समझदारी

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ  । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबिच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।

चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरण बारे छलफल गरेका थिए ।

खास गरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुई पक्षीय हित प्रवर्द्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवाले चिनिया“ व्यवसायी समक्ष आग्रह गर्नुभयो ।

पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा दुई पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे दुई देशका निजी क्षेत्र बिच महत्त्वपूर्ण छलफल भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनिया“ व्यवसायीलाई आग्रह गर्नुभयो । नेपालमा लगानीको वातावरण एवं प्रतिफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष अग्रवालले भन्नुभयो, ‘नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरू समक्ष आग्रह गर्दछु, । यहाँ हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाउनुभयो ।

यसका लागि बी टु बी भ्रमण र सहकार्यलाई बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । नेपालमा राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हुदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको समेत उहाँले लगानीकर्ताहरुलाई अवगत गराउनुभयो ।

नेपाल र चीन दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो । नेपाल भ्रमणका लागि समेत उहाँ“ले चिनिया“ उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो ।

igi long
himalayan life insurance long ad