stcnepal long ad
ime life insurance
national life
global ime bank long

साउन महिनामा राजस्व संकलन बढयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेर रु. १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ। विश्वमा आर्थिक मन्दी हुँदा समेत रेमिट्यान्स रकम १६.५ प्रतिशतले वृद्वि हुँदा देशको अर्थतन्त्रलाई मजवुद गर्न ठुलो योगदान पुगेको छ।

मालवस्तु तथा सेवा आयातको रकम भुक्तानी गर्न रेमिट्यान्सले ठुलो योगदान दिदै आएको छ। त्यस्तै नेपालको शोधनान्तर स्थिति रु। पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्ष २०७९/८० मा शोधनान्तर स्थिति रु. दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आज आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा आयात १.२ प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको जनाएको छ। अघिल्लो वर्ष २०७९र८० मन आयात १६।१ प्रतिशतले र निर्यात २१।४ प्रतिशतले घटेको थियो।

गत आर्थिक वर्षमा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको पाइएको छ।

गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु. ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु। ५० खर्ब ७४ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरि चालु आर्थिक वर्षको पहिलो साउन महिनामा सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर बढेको छ ।

महालेखा नियन्त्रक कार्यालय अनामनगरका अनुसार गत २०८१ साउन महिनामा रू.४० अर्ब २० करोड ७६ लाख बजेट खर्च हुँदा रू. ९६ अर्ब ९५ करोड ७१ लाख राजस्व संकलन भएको छ।

चालु आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर रहेको छ।

गत साउन महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड छ लाख रूपैयाँ बराबर खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रूपैयाँ , पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रूपैयाँ र वित्तीय व्यवस्थातर्फ रु. तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रूपैयाँ विनियोजन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि रु. १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । कर राजस्व रु.१२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु। एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान रु. ५२ अर्ब ३२ करोड ६५ लाख रूपैयाँ उठाउने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षको पहिलो साउन महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व रु.७७ अर्ब ४१ करोड २७ लाख रूपैयाँ र गैरकर राजस्व रु. १७ अर्ब ३३ करोड रूपैयाँ छ ।

IME Lifesidebar
kumari