धितोपत्र बोर्डबाट एफएनसीसीआई र एक्यानको प्रतिनिधि हटाउने तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (एक्यान) को प्रतिनिधि हटाइने तयारी थालिएको छ ।
अर्थ मन्त्रालयले संसदमा दर्ता गरेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।
स्वार्थ बाझिन सक्ने अवस्थालाई न्यूनीकरण गर्न यी संस्थाका प्रतिनिधि धितो पत्र बोर्डको सञ्चालक समितिमा नरहने व्यवस्था गरिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।
हाल यी दुवै संस्थाले धितो पत्र बोर्डको सञ्चालक समितिमा एक एक जना प्रतिनिधि पठाउने गरेका छन् ।
























