citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

विद्युतीय प्रणाली मार्फत एक महिनामै भयो ५४ खर्ब ४८ अर्ब बढीको कारोबार

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । विद्युतीय प्रणालीहरूमार्फत एक महिनामै ५४ खर्ब ४८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १२ करोड २६ लाख ४ हजार ९५३ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

विद्युतीय माध्यमहरूबाट गत चैत महिनामा मात्रै ५२ खर्ब ८२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै फागुन महिनामा ५१ खर्ब ६७ अर्ब ७७ करोड, माघमा ४५ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ र पुस महिनामा ४३ खर्ब ३८ अर्ब २३ करोड रुपैयाँ बराबरको लेनदेन भएको थियो ।

राष्ट्र बैंकका अनुसार नेपालमा सबैभन्दा बढी आरटीजीसी प्रणालीमार्फत कारोबार हुने गर्छ । ‘आरटीजीसी’ प्रणाली ठूलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

नेपालमा आरटीजीसी, बालेट, एटिएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्युआर बेस पेमेन्ट, पीओएस र ई(कमर्श जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ ।

gold
himalayan life insurance long ad
kumari bank