sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एसियाली पूर्वाधार लगानी बैंकलाई नेपालमा लगानी गर्न गभर्नर अधिकारीको आग्रह

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ ।

एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र बैंकका अन्य अधिकारीहरुसँग भेटवार्ता गरेको हो ।

भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे जानकारी दिएका थिए ।

नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरिवेक्षकीय भूमिकाले नेपालको समग्र स्थिति सन्तोषजनक रहेको अधिकारीले बताएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भइ दोस्रो लगानी सम्मेलन समेत गराएका अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि राम्रो वातावरण रहेको बताएका थिए ।

अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे जानकारी गराएका थिए । नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआइआइबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

भेटका अवसरमा एआइआइबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआइआइबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरबारे चासो व्यक्त गरेका थिए ।

भेटघाट कार्यक्रम राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु नेफिल मताङ्गि मास्के, डा। गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ र गुरुप्रसाद पौडेल उपस्थित रहेको राष्ट्र बैंकले जनाएको छ ।

एसियाली तथा अन्य सदस्य राष्ट्रहरूमा दिगो तथा हरित अर्थतन्त्रमा लगानी गर्ने उद्देश्यले सन् २०१६ एआइआइबीको स्थापना भएको हो । नेपाल यसको सदस्य राष्ट्र हो । यसको मुख्यालय चिनको बेइजिङमा रहेको छ ।

 

gold
kumari bank
nawakantipur long