citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याज दर नियन्त्रण

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अंकले घटाएर क्रमश ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा ५ प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ ।

अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्यांकन पछि केन्द्रिय बैंकले यस्तो निर्णय गरेको हो ।

यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैंकले जनाएको छ ।

आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैंकले अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ ।

केन्द्रिय बैंकको बोर्डले न्युन ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीति लगायत मौद्रिक उपकरणहरुको प्रयोगबाट  अर्थतन्त्रलाई सहज  बनाउने नीति लिएको छ ।

बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन् २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरु घटाएको थियो ।सिन्ह्वा

himalayan life insurance
igi long