stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल क्लियरिङ हाउसको १२औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल क्लियरिङ हाउसले १२औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ।

वार्षिक साधारण सभाले २८.५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बेनस वितरण पछि कम्पनीको चुत्ता पुँजी १ अर्ब ६६ लाख ३७ हजार ९०० रूपैयाँ बराबरको हनेछ साथै बैठकले अधिकृत पुँजी वृद्धि गरी २ अर्ब रूपैयाँ पुर्‍याउन स्वीकृत गरेको छ।

कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्नेछ।

साधारण सभाको बैठकले कम्पनीको सेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मात्र कायम रहने गरीे गाभ्नरगाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

त्यस्तै, एनसीएचएलले वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ।

prabhu mahalaxmi
kumari