stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकल फेरि १० अर्ब रुपैयाँ खिच्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकल फेरि १० अर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट फेरि १० अर्ब रुपैयाँ तान्न लागेको हो। योसहित मंसिर महिनाको अहिलेसम्म चौथोपटक निक्षेप संकलन उपकरण प्रयोग गरी अधिक तरलता व्यवस्था गर्न लागेको हो।

यो निक्षेप संकलन उपकरणको बोलकबोल आउँदो आइतबार(मंसिर १७ गते) गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको आउँदो मंसिर २४ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ।

यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोगरी गत मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

IME Lifesidebar
kumari