stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

असोजमा पनि उठेन लक्ष्य अनुसारको राजस्व

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विराटनगर भन्सार कार्यालयले असोज महिनामा पनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज महिनामा लक्षको ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा लक्ष्यको ६०.१४ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ। असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ।

भदौ महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन। भदौ महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ५६.८१ प्रतिशत राजस्व सङ्कलन गरेको थियो। भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो ।

साउन महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्षको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै असुली गरेको थियो।

चालु आर्थिक वर्षको तीन महिनामा सङ्कलन गरेको राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा पनि न्यून हो। अघिल्लो आर्थिक वर्षको तीन महिनामा विराटनगर भन्सार कार्यालयले ८ अर्ब ८४ करोड ८४ लाख ३३ हजार रुपैयाँ राजस्व असुली गरेकोमा चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब २९ करोड ९५ लाख १७ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि नेपालको आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा पनि कमी आएको छ।

अघिल्लो आर्थिक वर्ष ०७९/८०को पहिलो तीन महिनामा ६१ अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँको कुल व्यापार भएकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५२ अर्ब ६३ करोड ९५ लाख ८८ हजार रुपैयाँको मात्रै व्यापार भएको छ।

prabhu mahalaxmi
kumari