stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब रुपैयाँ पुग्यो

असोजमा मात्रै ४४ अर्ब ७२ करोड थपियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सार्वजनिक ऋण झन् बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

यसअघि भदौ महिनामा सरकारले तिर्नुपर्ने ऋण २३ खर्ब ९ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

यसर्थ, असोज महिनामा मात्रै सरकारको दायित्व ४४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ थपिएको छ । असोज मसान्तसम्म तिर्न बाँकी कुल ऋणमध्ये ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ७१ अर्ब २ करोड ३१ लाख रुपैयाँ बाह्य ऋण रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा सरकारले कुल १ खर्ब ६ अर्ब ७८ करोड ८० लाख रुपैयाँ थप ऋण लिएता पनि ५१ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ सावाँ भुक्तानी गर्न सफल भएको छ ।

गत असार मसान्तसम्म सरकारकोे तिर्न बाँकी कुल ऋण २२ अर्ब ९९ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो ।यद्दपि, सावाँ भुक्तानी भन्दा बढी नयाँ ऋण थपिएपछि समग्र ऋण साढे २३ खर्ब नाघेको हो । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।

यसआधारमा हेर्ने हो भने नेपालको ऋण जीडीपीको (४४.४३%) हुन आउँछ । यता, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को आधारमा हेर्ने हो भने एक नेपालीको भागमा ७९ हजार ७३४ रुपैयाँ ऋण पर्ने देखिन्छ ।

prabhu mahalaxmi
kumari