macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर घोषणा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५.२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले १३ करोड ३३ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, ८५ लाख ९८ हजार रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस सेयर वितरण गरिनेछ ।

गत वर्ष बैंकले ८.५३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

३ कात्तिक २०८०, शुक्रवार १६:५७ बजे प्रकाशित

NTA long ad