sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सरकारले पहिलो त्रैमासमा उठाउने आन्तरिक ऋणको सीमा बढायो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले पहिलो त्रैमासमा उठाइने आन्तरिक ऋणको सीमा बढाएको छ । केन्द्रिय बैंकले यसअघि पहिलो त्रैमासमा  ५५ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको थियो ।

तर, त्यसमा  परिमार्जन  गर्दै यो त्रैमासमै ८० अर्ब आन्तरिक ऋण उठाउने तयारी रहेको जनाएको छ । हालसम्म राष्ट्र बैंकले ६४ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । पछिल्लो केहि वर्षदेखि दबाबमा रहेको  राजस्व संकलन यो वर्ष पनि कायम रहेकाले आन्तरिक ऋण बढी उठाउन लागेको हो ।

राष्ट्र बैंकका परिमार्जित तालिकाअनुसार पहिलो त्रैमासमा कुल आन्तरिक ऋणको ३३.३ प्रतिशत उठाउने लक्ष्य छ । यसमा ५ अर्बको ट्रेजरी बिल र ७५ अर्बको विकास ऋणपत्र हुनेछ । प्रस्तावित तालिकालाई अर्थ मन्त्रालयले स्वीकृत गरेपछि ऋण उठाउने प्रक्रिया अघि बढ्नेछ ।

gold
kumari bank
nawakantipur long