stcnepal long ad
himalayan life insurance long ad

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । अब प्रतिदिन सुन २० केजी आयात गर्न पाइने भएको छ । यसअघि १० केजीमात्रै सुन आयात गर्न पाइन्थ्यो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर २० केजी सुन ल्याउने बाटो खोल्दिएको हो । विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ लाई संशोधन र थप गरेर सुनको कोट २० केजी पुर्‍याइएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।

नयाँ व्यवस्था अनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन ।

बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्रीरउपयोग गरेको सुनको संलग्न अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक महिना समाप्त भएको ७ (सात) दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनु पर्नेछ । यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिनेछ ।