stcnepal long ad
ime life insurance
global ime bank long

आईपीओ भर्दा बैंक खातामा पर्याप्त रकम नभए तत्काल आवेदन रद्द हुने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । अब धितो पत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम भएरनभएको तत्काल जानकारी पाइने भएको छ । रकम नभए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेड ९सीडीएससी०को एपीआई कार्यविधि स्वीकृत गरेरसँगै अब सीडीएससीको एपीआई आस्वा सदस्यहरू बैंकहरुले जडान गर्न सक्ने भएका छन् । सी(आस्वा प्रणाली मार्फत आईपीओमा आवेदन दिएपनि त्यसको भेरिफाइ भएर बैंक खातामा भएको रकम रोक्का हुन समय लाग्ने अवस्था थियो ।

सीडीएसीले बताएको कार्यविधि बोर्डबाट स्वीकृत भएर आएसँगै अब एपीआई मार्फत सी(आस्वा सदस्य मार्फत रियल टाइममा नै आईपीओमा आवेदन दिने आवेदकको बैंक खाताबाट रकम रोक्का गर्न मिल्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सूचना अधिकारी सुरेस न्यौपानले बताए । सीडीएससीले करिब एक वर्षअघि कार्यविधि स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो।

बोर्डबोट स्वीकृत भएर आएसँगै तयसलाई कार्यान्वयन गर्ने बाटो खुलेको हो । आईपीओमा आवेदन दिन बैंक खातामा रकम नभएपनि हुने र आईपीओ भेरिफाइ गर्दा बैंक खातामा रकम भए रिजेक्ट हुने अवस्था थियो भने अब आईपीओमा आवेदन दिनेको बैंक खातामा रकम छ की छैन भनेर सोही समयमा नै भेरिफाइ हुने भएको छ । यसले आईपीओ झुटा आवेदन नियन्त्रण हुने सीडीएससीले जनाएको छ ।

prabhu mahalaxmi
kumari