नेपालका लागि २ अर्ब ६० करोड अनुदान विश्व बैंकद्वारा स्वीकृत
World Bank on glass building. Mirrored sky and city modern facade. Global capital, business, finance, economy, banking and money concept 3D rendering animation.
काठमाडौँ । विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न २ अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात् २ करोड डलर अनुदान स्वीकृत गरेको छ ।
यस परियोजनाले नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा धेरै साना किसानलाई कृषि उत्पादकत्व र पोषण अभ्यासमार्फत लाभ दिने उद्देश्य रहेको बैंकले जनाएको छ ।
‘दिगो विकासका लक्ष्य र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिवद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्दै गरिबी न्यूनीकरण गर्नु नेपाल सरकारको राष्ट्रिय लक्ष्य छ’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने ।
परियोजनाले उत्पादकत्व र जीविकोपार्जनसँगै सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न सरकारको प्रयासलाई मद्दत पुग्ने विश्व बैंकको भनाइ छ ।

























