stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सहकारीबीच बढी लाभांशको होडबाजी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बैंक तथा वित्तीय क्षेत्रजस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत् रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।

केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखिएको र पछिल्लो समय सहकारीमा तरलताको समस्याका कारण केही संकट देखिएको उनले बताए ।

राष्ट्रिय सहकारी महासंघ १० बर्से नीतिहरू अगाडि सारेर काम गरिरहेको बताउँदै उनले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरूरी रहेको बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

prabhu mahalaxmi
kumari