stcnepal long ad
ime life insurance
national life
global ime bank long

निर्वाचन आयोगले कल सेन्टर सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु(याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ। आयोगले सञ्चालनमा ल्याएको टोल फ्री नं. ११०२ मा सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सकिने आयोगले जनाएको छ।

२४ घण्टै खुला रहने यो फोनमा बिहान ९ देखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्यक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिने व्यवस्था मिलाइएको छ। त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ। तिनको जवाफ पछि कर्मचारीहरूले दिने आयोगले जनाएको छ।

गुल्मीमा एक शिक्षकले फेसबुकबाट उम्मेदवारको प्रचारप्रसार गरेको पाइएकाले यसको उजुरी कसरी कसलाई पठाउन सकिन्छ भन्ने जिज्ञासामा कुनै पनि उम्मेदवार वा दलले आचारसंहिता विपरीत गरेका कामको प्रमाणका साथ इमेल मार्फत उजुरी गर्न सकिने कल सेन्टरका कर्मचारीले जवाफ दिएका छन्।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत वा निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत पनि पठाउन सकिने आयोगको भनाइ छ।

एक प्रहरीले आफ्नो परिचय दिँदै उम्मेदवारलाई वा निजको प्रतिनिधिलाई मतदान केन्द्रभित्र निर्बाध रूपले प्रवेश गर्न दिन पाइने वा नपाइने भन्ने जिज्ञासा राखेकोमा कल सेन्टरका कर्मचारीले उम्मेदवार वा निजको प्रतिनिधिले परिचयपत्रसहित उपस्थित भएको खण्डमा सम्बन्धित मतदान अधिकृतले तोकेबमोजिमको क्षेत्रसम्म अनुमति लिई प्रवेश दिन सकिने तर गोप्य स्थानमा जान दिन नमिल्ने स्पष्ट जवाफ दिएको छ।

वडाध्यक्ष आफ्नो काम छाडेर उम्मेदवारको प्रचारप्रसारमा हिँड्नुभएको छ, उजुरीको प्रक्रिया के होला रु भन्ने कसैको जिज्ञासामा कल सेन्टरबाट यस्तो जवाफ दिइएको छ, “निर्वाचन आचारसंहिताअनुसार जनप्रतिनिधिले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइन्न।

त्यस्तो गरेको पाइएमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति वा निर्वाचन आयोगका विभिन्न सम्पर्क माध्यमबाट उजुरी गर्न सकिन्छ।”

नागरिकतालगायतका कुनै पनि प्रमाणले भोट हाल्न पाइने वा नपाइने भनी सोधिएको प्रश्नमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको जनाइएको छ।

त्यस्तै किरियापुत्रीलाई मतदान गराउन के कस्तो व्यवस्था छ भन्ने मतदाताको जिज्ञासामा आयोगका कर्मचारीले मतदान अधिकृतले त्यस्ता मतदातालाई लाइनमा नबसाई प्राथमिकताका साथ मतदान गराउनुपर्ने व्यवस्था रहेको जानकारी दिएका छन्। कसैको जिज्ञासामा कल सेन्टरका कर्मचारीले भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेर प्रचारप्रसार गर्न नपाइने स्पष्ट गरेका छन्।

समानुपातिकतर्फका उम्मेदवारले मतदानका दिन सवारी पास कहाँबाट लिन पाइन्छ रु भन्ने सोधाइमा आयोगले समानुपातिकतर्फका उम्मेदवारले सवारी पास पाउने व्यवस्था नभएको प्रस्ट जानकारी दिए।

निर्वाचनको दिन सार्वजनिक सवारीसाधन चल्छ कि चल्दैन भन्ने अर्का मतदाताको जिज्ञासामा सामान्यतः अनुमति नलिई सवारीसाधन चलाउन नपाइने जनाइएको छ।

नेपाली सेना निर्वाचन सुरक्षाको बाहिरी घेरामा रहने हुँदा उनीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने कि नपाउने रु भन्ने आममतदाताको प्रश्नमा कल सेन्टरका कर्मचारीले जवाफ दिएका छन्, “निर्वाचनको काममा खटिनु भएका सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्माीको अस्थायी मतदाता नामावलीमा नाम दर्ता भई सो नामावली प्रमाणित भई आएमा उनीहरू प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनुहुन्छ तर निर्वाचनमा खटिने शिक्षकहरूका लागि उक्त व्यवस्था छैन।”

IME Lifesidebar
kumari