citizens life insurance long ad
stcnepal long ad

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको साधारण सभा पौष १० गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–३ पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. को २२ ओैं वार्षिक साधारण सभा आगामी पुस १० गते शनिबार पुल्चोकस्थित आफ्नै कार्यालयमा ११ बजे हुने भएको छ ।

संस्थाको गत मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको सो सहकारी संस्थाले जनाएको छ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पेश, लेखा परिक्षणको प्रतिवेदनद सहित २०७८ असार मसान्त सम्मको वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण छलफल गरि पारित गर्ने,लाभांश प्रस्ताव पेश गरि पारित गर्ने,चालू आ.व. का लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, लेखा समितिले पेश गरेको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने,आ.व.०७८/०७९को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, संस्थाको २२ ओैं बार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधिहरू चयन गर्ने र अन्य विविध एजेण्डामा छलफल गरि पारित गर्ने सो सहकारीका सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीले जनाएका छन।

IME Life
kumari