citizens life insurance long ad
stcnepal long ad

एनआइसी एसिया क्यापटिलको साउन ३२ गते वार्षिक साधारण सभा

४६ प्रतिशत नगद लाभांश वितरण गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया क्यापिटलले साउन ३२ गते वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको हिजो (साउन ९ गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो ।

उक्त साधारण कम्पनीको रजिष्ट्रर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४६ प्रतिशतका दरले हुने आउने ९ करोड २० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यसैगरी, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणका विषयमा छलफल गरी पारित गरिने एजेन्डा रहेको छ । साथै, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकिनेछ ।

IME Life
kumari