citizens life insurance long ad
stcnepal long ad

एनआइएमबि एस क्यापिटलको एकिकृत कारोबार सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको छ । आज सोमबारबाट एनआइएमबि एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

प्राप्ति पश्चात कम्पनीको चुक्ता पूंजी ४७ करोड भएको छ। त्यस्तै कम्पनीमा ४ लाख ८५ हजार भन्दा बढी हितग्राही खाता भएका छन् ।

कम्पनीले ७ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिने छ भने हाल ५५ वटा भन्दा बढी कम्पनीको शेयर रजिष्ट्रारको कार्य गरिरहेको छ।

यस प्राप्ति पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिंग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास लिएको क्यापिटलले जनाएको छ ।

IME Life
kumari