sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

पुस १ गते माछापुच्छ्रे क्यापिटलको साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पुस १ गते साधारण सभा आह्वान गरेको छ। क्यापिटलले बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्न लागेको हो।

साधारण सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै साधारण सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने , नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् । साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना स्वतन्त्र सञ्चालनक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने जनाएको छ ।

prabhu bank
nawakantipur long