stcnepal long ad
global ime bank long

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को १२ करोड २१ लाख इकाई नेप्सेमा सूचीकृत, बिहीबारबाट कारोबार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबिको सुलभ इन्भेष्टमेन्ट फन्ड–२ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्से र एनएमबि क्यापिटलबीच बुधबार भएको सम्झौताअनुसार १२ करोड २१ लाख इकाई म्युचुअल फन्ड सूचीकृत भएको हो ।

प्रति इकाई १० रुपैयाँ कायम भएको म्युचुअल फन्ड सूचीकृत भएको हो । सूचीकृत म्युचुअल फन्डका इकाई बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

दोस्रो बजारमा एनएसआइएफ–२ को नाममा कारोबार हुनेछ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड –२ एनएमबि  क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गत संचालित योजना हो ।

क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म उक्त म्युचुअल फन्ड योजनाको १२ करोड इकाई बिक्री खुला गरेको थियो ।

IME Lifesidebar
kumari