citizens life insurance long ad
stcnepal long ad

कुमारी क्यापिटले संस्थागत परामर्श सेवा सुरु गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “वे टु लिष्टिङ” नामक सेवा सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानुनी परामर्श सेवा उपलब्ध हुने जानकारी दिइएको छ ।

यस क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने तथा निष्कासित धितोपत्र नेप्सेमा सूचीकरण गराउने लगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ ।

यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने बोर्डको नीतिलाई समेत सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।

यसले व्यावसायिक तथा वित्तीय योजनाको तयारी गर्नुका साथै वित्तीय तथा संगठनात्मक पुनर्संरचनामा सहयोग पुग्नेछ ।

यस्तै, वित्तीय श्रोत जुटाउन र कम्पनीको मुल्याङ्कन तथा परियोजना मुल्याङ्कन गर्न सहयोग गर्ने क्यापिटलको भनाई छ ।

क्यापिटलले प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका कार्यहरुमा पनि सहयोग गर्ने जनाएको छ ।

IME Life
kumari