citizens life insurance long ad
stcnepal long ad

आजबाट एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइहरु बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइहरु आज असोज ७ गतेदेखि बिक्री खुला गरिने भएको छ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको बिक्री खुला गर्न लागेको हो।

कुल इकाइमध्ये बीज पुँजीबापत १ करोड २० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी रहने ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यस योजनाको निष्कासन इकाइ बिक्री बन्द छिटोमा असोज १३ गते र ढिलोमा असोज २१ गते बैंकिङ समयपछि हुनेछ।

IME Life
kumari