stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे एसआईपी योजनाको २ करोड इकाई आजदेखि बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘माछापुच्छ्रे एसआईपी योजना’ को २ करोड इकाई आजदेखि बिक्रीमा आएको छ।

जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकलाई र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा आएको हो।

यस योजना अन्तर्गत प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड इकाई बिक्री गरिने भए पनि प्रथम चरणमा २ करोड इकाई मात्रै बिक्री गर्न लागिएको हो।

यसमा आज मंसिर १४ गतेदेखि १७ गतेसम्म आवेदन दिन सकिनेछ तर त्यस अवधिभित्र पर्याप्त आवेदन नपरेमा मंसिर २८ गतेसम्म लम्बिनेछ। आवेदन दिंदा कम्तीमा १०० इकाईका लागि दिनु पर्नेछ भने बढीमा २० लाख इकाईसम्म माग गर्न सकिनेछ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्यूअर’ रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन एएमसी क्वालिटि ३’ रेटिङ्ग दिएको छ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम माछापुच्छ्रे क्यापिटल लिमिटेडले नै गर्नेछ।

prabhu mahalaxmi
kumari