stcnepal long ad
global ime bank long

आजबाट ‘आरबीबी फोकस ४०’का इकाइ बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  आरबीबी  म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरबीबी फोकस–४०’का इकाइ आज भदौ १८ गतेदेखि बिक्री खुला गरिने भएको छ।

योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले उक्त म्युचुअल फन्डको १० रुपैयाँ अंकितदरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्री खुला गर्न लागेको हो। कुल इकाइमध्ये न्यूनतम १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ। यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते र ढिलोमा असोज १ गते बैंकिङ समयपछि हुनेछ।

यो १२ वर्षे अवधिको योजना हो। यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

यस योजनाका इकाइ जारी गर्नका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कोष प्रबर्द्धकलाई केयर एनपी ‘ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ। योजना व्यवस्थापकलाई भने इक्रा नेपालले इक्राएनपी एएमसी ‘क्वालिटी ३’ रेटिङ प्रदान गरेको छ।

IME Lifesidebar
kumari