stcnepal long ad
ime life insurance
global ime bank long

सिटीपे फोनेपे नेटवर्कमा आबद्ध, १.७ मिलियनभन्दा बढी आउटलेटमा भुक्तानी गर्न सक्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो प्रणालीमा आबद्ध गराएको छ । १०औँ डिजिटल वालेटको रूपमा सिटीपे फोनपेमा आबद्ध भएको हो ।

सिटीपेको आबद्धताले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानीको वातावरण निर्माणमा बलियो भूमिका निर्वाह गर्ने फोनपेले जनाएको छ ।

फोनपेमा आबद्ध भएसँगै अब सिटीपे वालेट प्रयोगकर्ताहरूले अन्तर सञ्चालित क्यूआर नेटवर्क प्रयोग गरी कारोबार गर्न सक्ने छन् । कम्पनीका अनुसार देशभर १.७ मिलियनभन्दा बढी व्यापारिक आउटलेटहरूमा भुक्तानी गर्न सक्ने फोनपेले जनाएको छ ।

हाल फोनेपे नेटवर्कमा ६० भन्दा बढी बैंक र वित्तीय संस्था र वालेट कम्पनीहरूलाई आबद्ध गराएको छ । जसले लाखौं प्रयोगकर्तालाई सुरक्षित र तत्काल डिजिटल लेनदेनको सुविधा दिइरहेको छ ।

सिटीपेलाई स्वागत गर्दै फोनेपेले वित्तीय समावेशीकरण बढाउने र नेपालभर नगद रहित कारोबार प्रवद्र्धन गर्ने आफ्नो भूमिकालाई अझ सुदृढ बनाउने फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारले जानकारी दिए ।

‘हाम्रो पारिस्थितिकी प्रणालीमा सिटीपे स्वागत गर्नु एक महत्वपूर्ण कदम हो । प्रत्येक नयाँ एकीकरणले नेटवर्कलाई बलियो, समावेशी र नेपालका जनताको लागि अझ मूल्यवान बनाउँछ । हाम्रो उद्देश्य केवल वालेट र बैंकलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउन हो,’ उनले भने ।

सिटीपेका सीईओ बिनय रेग्मी फोनपेसँगको साझेदारीले प्रविधिबारे मात्रै नभई लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने बताउँछन् ।

सिटीपे र फोनेपे सँगै लाखौं प्रयोगकर्ता र व्यापारीहरूलाई सहज, सुरक्षित र तत्काल लेनदेन गर्न सक्षम बनाउने उनको भनाइ छ । फोनपेसँगको आबद्धताले देशभर ग्राहकलाई सहज, भर पर्दो भुक्तानी सुनिश्चित गर्ने उनले बताए ।

सिटीपेले आफ्ना ग्राहकहरूका लागि फोनेपे नेटवर्कमार्फत गरिने क्यूआर कारोबारमा आधारित विशेष पर्व अभियान घोषणा गरेको छ । २०२५ सेप्टेम्बर २ तारिखदेखि नोभेम्बर २ तारिखसम्म सिटीपे वालेट प्रयोगकर्ताले प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन् ।

अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुइवटा सामसुङ ब्रान्ड टेलिभिजन प्राप्त गर्नेछन् । विजेताहरू मासिक रूपमा घोषणा गरिनेछन् । यससँगै, सिटीपेले ५ सय रुपैयाँभन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फोनेपे एक भुक्तानी प्रणाली सञ्चालक हो, जसले आफ्नो अन्तर सञ्चालित नेटवर्क र मोबाइल प्लेटफर्म मार्फत बैंक बीचको व्यक्ति(देखि(व्यक्ति र व्यक्ति(देखि(व्यापारी लेनदेनलाई सहज बनाउँदै आएको छ । फोनेपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो मोबाइल भुक्तानी नेटवर्क कम्पनी हो ।

सिटीपे नेपालमा एक नवीन डिजिटल वालेट एप हो, जसले व्यक्तिहरू र एजेन्टहरूका लागि वित्तीय सेवाहरूको व्यापक श्रृंखला प्रदान गर्दछ ।

नेपालमा सिटीपेको मूल्य प्रस्ताव डिजिटल लेनदेनलाई सरल, छिटो र सुरक्षित बनाउनु हो भने रेमिट्यान्सलाई स्थानीय डिजिटल व्यापारसँग जोड्नु हो । नेपालमा ठूलो आप्रवासी कामदार जनसंख्या भएकाले यस क्षेत्रको उच्च माग छ ।

कम्पनी पूर्ण रूपमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको स्वामित्वमा छ, जुन नेपालको अग्रणी रेमिट्यान्स कम्पनी हो ।

prabhu mahalaxmi
kumari