sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नबिल इन्भेष्टमेन्टका ३ वटा म्युचुअल फन्डको वैशाखमा (न्याभ) घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको वैशाख महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । यस्तै, अघिल्लो महिनाको तुलनामा ३ वटै फन्डको नाफा पनि घट्न गएको छ ।

जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ वैशाख मसान्तमा ५ पैसाले घटेर ११ रुपैयाँ ४५ पैसा कायम भएको छ । वैशाखमा यस फन्डको न्याभ ११ रुपैयाँ ५१ पैसा थियो ।

यस फन्डले वैशाख  मसान्तसम्म ९० करोड ६१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । चैतमा यसले ९४ करोड ४० लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको वैशाखसम्ममा बैंक मौज्दात भने बढेर १६ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

चैतमा यसको बैंक मौज्दातमा १३ करोड ३० लाख रुपैयाँ रहेको थियो । वैशाख मसान्तसम्म फन्ड १५ करोड ८२ लाख रुपैयाँ नाफामा रहेको छ । चैत मसान्तसम्म फन्ड १६ करोड ५० लाख रुपैयाँ नाफामा रहेको थियो ।

नबिल ब्यालेन्स्ड फन्ड–३ को न्याभ वैशाख मसान्तमा ४ पैसाले घटेर ११ रुपैयाँ १९ पैसा कायम भएको छ । चैतमा यस फन्डको न्याभ ११ रुपैयाँ २३ पैसा थियो । यस फन्डले वैशाख मसान्तसम्म १ अर्ब ४ करोड १४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । चैतमा यसले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको बैंक मौज्दात पनि १३ करोड २८ लाख रुपैयाँबाट बढेर १८ करोड ४४ लाख रुपैयाँ कायम भएको छ । वैशाख मसान्तसम्म नबिल ब्यालेन्स्ड फन्ड–३ १६ करोड ३५ लाख रुपैयाँ नाफामा रहेको छ । चैत मसान्तसम्म फन्ड १६ करोड ८१ लाख रुपैयाँ नाफामा रहेको थियो ।

यस्तै, नबिल फ्लेक्सी क्याप फन्डको न्याभ वैशाख मसान्तमा ३ पैसाले घटेर ११ रुपैयाँ ३४ पैसा कायम भएको छ । चैतमा यस फन्डको न्याभ ११ रुपैयाँ ३८ पैसा थियो । यस फन्डले वैशाख मसान्तसम्म ८९ करोड २४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । चैतमा यसले ८१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको वैशाखसम्ममा बैंक मौज्दातमा १८ करोड रुपैयाँ रहेको छ । चैतमा भने यसको बैंक मौज्दातमा २९ करोड २७ लाख रुपैयाँ रहेको थियो । वैशाख मसान्तसम्म नबिल फ्लेक्सी क्याप फन्ड ७ करोड २ लाख रुपैयाँ नाफामा रहेको छ । चैत मसान्तसम्म फन्ड ७ करोड ४५ लाख रुपैयाँ नाफामा रहेको थियो ।

gold
prabhu bank
nawakantipur long