stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटलबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत अर्गा भगवतीको नविकरणिय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्तर्गत Way to listing मार्फत कम्पनीलाई सूचिकरण हुँदा सम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु जस्तै, कम्पनी Conversion सार्वजनिक निष्काशन लगायतका सम्पूर्ण कार्यहरु नियमक निकायहरुसँगको समन्वयमा पुरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्गा भगवती भेन्चर्सले, हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नविकरणिय सौर्य उर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडी बढाईरहेको छ ।

छोटो समयमा नै आयोजनाका सम्पूर्ण कार्यहरु सम्पन्न गरी विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाईन मार्फत वितरण गरी देशको आर्थिक समबृद्धीमा टेवा पुर्‍याउने र स्वच्छ वातावरण प्रवर्द्धन गर्ने लक्ष्य रहेको जानकारी कम्पनीका अध्यक्षले प्रकाश पारे ।

हालै मात्र वित्तीय व्यवस्थापनको रुपमा प्राइम कमर्सियल बैंक लिमिटेड मार्फत Financial Closure सम्पन्न गरिसकेको छ ।

सम्झौतामा अर्गा भगवती भेन्चर्सका सञ्चालक समितीका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी  अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका थिए ।

prabhu mahalaxmi
kumari