stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल म्युचुअल फन्डका तीनवटै योजनाको न्याभ घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको चैत महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल ब्यालेन्स्ड फन्ड–२, नबिल ब्यालेन्स्ड फन्ड–३ र नबिल फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। फागुनको तुलनामा चैतमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य ९न्याभ० घटेको छ।

चैतमा ब्यालेन्स्ड फन्ड–२ को न्याभ घटेर ११.५१ रुपैयाँ कायम भएको छ। फागुनमा न्याभ ११.७२ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि घटेर चैतमा १ अर्ब १५ करोड ५५ लाख रुपैयाँमा झरेको छ।

फागुनमा कुल लगानी १ अर्ब १६ करोड ७७ लाख रुपैयाँ थियो। गत फागुनमा १८ करोड ८६ लाख रुपैयाँले नाफामा रहेको यो योजनाले चैतमा भने १६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत फागुनमा ब्यालेन्स्ड फन्ड–३ को ११.६७ रुपैयाँ न्याभ रहेकोमा चैतमा घटेर ११.३८ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर चैतमा १ अर्ब २७ करोड १७ लाख रुपैयाँ कायम भएको छ।

फागुनमा कुल लगानी १ अर्ब २६ करोड ७० लाख रुपैयाँ थियो। गत फागुनमा २० करोड ३० लाख रुपैयाँले नाफामा रहेको यो योजनाले चैतमा भने १६ करोड ८१ लाख रुपैयाँ कमाएको छ।

गत फागुनमा फ्लेक्सी क्याप फन्डको ११.६४ रुपैयाँ न्याभ रहेकोमा चैतमा घटेर ११.३० रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर चैतमा ८६ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

फागुनमा कुल लगानी ८२ करोड ९४ लाख रुपैयाँ थियो। गत फागुनमा १० करोड ३० लाख रुपैयाँले नाफामा रहेको यो योजनाले चैतमा भने ७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

IME Lifesidebar
kumari