sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिने आज वैशाख ९ गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिन सक्नेछन् ।

रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ ले १० करोड इकाई बिक्री खुला गरेको हो ।

यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त फन्ड गरेको छ । कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्धक रिलायबल लाईफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई तथा र १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरेको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो बन्दमुखी योजना हो ।

gold
prabhu bank
nawakantipur long