sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय लम्बियो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि बिक्री खुला गरेको सानिमा फ्लेक्सी फण्डमा आवेदन दिने समय लम्बिएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको सानिमा फ्लेक्सी फण्डमा फागुन २० गतेसम्म आवेदन दिने सकिनेछ ।

क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४ करोड इकाई क्यापिटलले पहिलो चरणमा बिक्रीमा राखेको हो ।

४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंक, २० लाख इकाई सानिमा क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो ।

क्यापिटलको फण्डमा न्यूनतम १ सय इकाईदेखि ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ ।

gold
kumari bank
nawakantipur long