citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

आज फागुन ६ गतेदेखि सानिमा फ्लेक्सि फन्डको इकाईमा आवेदन दिन सकिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । आज फागुन ६ गतेदेखि सानिमा क्यापिटलले ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री  खुला गरेको छ । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

क्यापिटलले कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा भने योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर इकाईको खरिदबिक्री हुनेछ ।

gold
himalayan life insurance long ad
kumari bank