stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘सिटिजन्स म्युचुअल फन्ड–१’ परिपक्व हुँदै, सूचीकरण खारेजी गर्न नेप्सेलाई आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सिटिजन्स म्युचुअल फन्ड–१’ आउँदो फागुन १९ गते परिपक्व हुने भएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले नेपाल स्टक एक्चेन्ज ९नेप्से०मा एउटा सूचना पठाउँदै उक्त योजना परिपक्व हुन लागेको जानकारी गराएको हो।

फागुन १९ गते परिपक्व भएपछि उक्त योजनाको सूचीकरण खारेजी गरिदिन पनि क्यापिटलले नेप्सेलाई आग्रह गरेको छ।

सामूहिक लगानी कोष नियमावली, २०७६ मा रहेको व्यवस्थाअनुसार कुनै पनि योजना परिपक्व हुनुभन्दा एक महिनाअगाडि सूचीकरण खारेजीका लागि नेप्सेमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ।

परिपक्व हुन लागेको यो सातवर्षे बन्दमुखी योजना हो। यसको १० रुपैयाँ अंकित दरका कुल ८ करोड २० लाख इकाइ नेप्सेमा सूचीकृत रहेको छ।

prabhu mahalaxmi
kumari