stcnepal long ad

गरिमा समृद्धि योजनामा मागभन्दा बढी आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ मा मागभन्दा बढी इकाइ खरिदका लागि आवेदन परेको छ।

यस योजनाका १ अर्ब रुपैयाँ बराबरको अर्थात १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको छ। सीडीएससीको आज बिहानको तथ्यांकअनुसार लगानीकर्ताले १ अर्ब ९ करोड ८० लाख ७७ हजार २०० रुपैयाँबराबरको अर्थात १० करोड ९८ लाख ७ हजार ७२० इकाइ खरिदका लागि आवेदन दिएका छन्।

यो हिसाबले यस योजनाका इकाइहरु १.१ गुणाले ओभरसब्सक्राइड भएको छ। योजना व्यवस्थापक गरिमा क्यापिलले यही पुस ७ गतेबाट सर्वसाधारणका लागि यस योजनाका इकाइहरु बिक्री खुला गरेको छ। यो योजनामा लगानीकर्ताहरुले पुस ११ गते सम्म आवेदन दिन पाउने छन्।

कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधरणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। यो १० वर्षे बन्दमुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा गरिमा विकास बैंक रहेको छ।