citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

९८ करोड बराबरको आईपीओ निष्कासन गर्दै प्रभु स्टील्स एन्ड हाइड्रो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको रु. ९८ करोड बराबरको आईपीओ निष्कासन गर्ने कार्य अगाडी बढेको छ ।

प्रभु ग्रुप्स एन्ड कम्पनीज् अन्तर्गतका विभिन्न कम्पनीहरूको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबिच आज शेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरे ।

यस कम्पनीमा प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दछ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो ।

gold
himalayan life insurance long ad