citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

रामचन्द्र काफ्लेको ओई सुवा सार्वजनिक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चर्चित गायक रामचन्द्र काफ्लेको अनु चौधरीसँगको नयाँ गीत “ओई सुवा, ओई बाज” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । धनगढि महोत्सवमा एक कार्यक्रम माझ सार्वजनिक गरिएको उक्त गीतका गीतकार मंगल जयगडि रहेका छन् भने यसका संगीतकार राजेश कैदि रहेका छन् ।

यस गीतमा संगीत ब्यवस्थापन (एरेन्ज) संगीतकार शिशिर साधकले गरेका छन् तथा म्यूजीक भिडीयो मा पाश्र्व संगीत किरण तुलाधरले दिएका छन् ।

मिलन शंकरद्वारा छायांकित म्यूजिक भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन् । वरिष्ठ निर्देशक विभोर पोखरेल द्वारा निर्देशित यस गीतको म्यूजिक भिडियोमा वरिष्ठ कलाकार सुनिल थापाका साथै रीमा विश्वकर्मा, बिवेक पौडेल, निकेन महर्जन तथा नवोदित चरित्र अभिनेता मिरेश अधिकारीको उत्कृष्ठ अभिनय सामाजीक सञ्जाल यूट्युबमा हेर्न सकिन्छ ।

गत मंसिर २४ गते सार्वजनिक गरिएको उक्त भिडियो उत्साहजनक भ्यूज आईरहेको कुरा गायक रामचन्द्र काफ्लेले बताएका छन् ।

 

 

gold
himalayan life insurance long ad