एनआइबीएल ग्रोथ फन्डको नगद लाभांश खातामा जम्मा

काठमाडौं । एनआइबीएल ग्रोथ फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले इकाइधनीलाई सोमबार (असोज २२ गते) बाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।
यता, फन्डको योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ ।
खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । फन्डले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कर सहित ६.३५% नगद लाभांश (कर सहित) वितरण गरेको हो ।