सिटिजन्स क्यापिटलका ३ वटै म्युचुअल फन्डको न्याभ र नाफा घटे
काठमाडौं । भदौ महिनामा सेयर बजार घटेसँगै सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि अघिल्लो महिनाको तुलनामा घट्न पुगेको छ ।
जसमा सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) साउनमा ९३ पैसाले घटेर ११ रुपैयाँ ९३ पैसा कायम भएको छ । साउन महिनामा यसको न्याभ १२ रुपैयाँ ८६ पैसा रहेको थियो ।
फन्डले भदौ मसान्तसम्म ५२ करोड ३७ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । साउनमा यसले ५३ करोड २७ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यस अवधिसम्म फन्डको बैंक मौज्दातमा २६ करोड ९६ लाख रुपैयाँ छ ।
फन्डको मुद्दति निक्षेपमा ३ करोड रुपैयाँ छ । भदौसम्म आइपुग्दा यस फन्ड ८ करोड ६ लाख रुपैयाँ नाफामा रहेको छ । साउनमा यसले १५ करोड ७१ लाख नाफा कमाएको थियो ।
यता, सिटिजन्स म्युचुअल फन्ड–२ को न्याभ पनि भदौ मसान्तमा घटेर ११ रुपैयाँ ४३ पैसा कायम भएको छ । न्याभ साउनको तुलनामा १ रुपैयाँ ३७ पैसाले थोरै हो ।
साउनमा यसको न्याभ ११ रुपैयाँ ४३ पैसा रहेको थियो । यस फन्डले भदौ मसान्तसम्म ४७ करोड ३९ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।
भदौ सम्ममा सिटिजन्स म्युचुअल फन्ड–२ को बैंक मौज्दातमा ७ करोड २ लाख रुपैयाँ रहेको छ । भदौसम्म आइपुग्दा यो फन्ड ४ करोड १८ लाख रुपैयाँ नाफामा रहेको छ । साउनसम्ममा फन्ड ११ करोड ८४ लाख रुपैयाँ नाफामा रहेको थियो ।
यसैगरी, सिटिजन्स सुपर ३० म्युचुअल फन्डको न्याभ भदौ मसान्तसम्म १ रुपैयाँ ४१ पैसाले घटेर ११ रुपैयाँ ८० पैसामा झरेको छ ।
साउन महिनामा यसको न्याभ १३ रुपैयाँ २१ पैसा रहेको थियो । यस फन्डले भदौसम्म ५६ करोड २४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।
सुपर ३० म्युचुअल फन्डको बैंक मौज्दातमा २२ करोड रुपैयाँ र मुद्दति निक्षेपमा ६ करोड रुपैयाँ छ । भदौसम्म आइपुग्दा यो फन्ड ५ करोड ६७ लाख रुपैयाँ नाफामा रहेको छ । साउन सम्ममा यो फन्ड १६ करोड २५ लाख रुपैयाँ नाफामा रहेको थियो ।