citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल सोलार फार्मले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले रु. १२ करोड बराबरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले १२ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टड कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सोलार फार्म लिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

वि.सं. २०७४ सालमा प्रा।लि। को रुपमा दर्ता भई वि.सं. २०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको नेपाल सोलार फार्म लिमिटेडको रजिष्टर्ड केन्द्रीय कार्यालय बाफल, काठमाडौंमा रहेको छ ।

अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्ला, रुपाकोट गाउँपालिकाको वडा नं.६, सिम्लेमा रहेको छ ।

कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट मिति २०७९/७/१४ देखि ४ मे. वा. क्षमताको विद्युतशक्तिको व्यापारिक उत्पादन शुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिईसकेकोछ ।

भविष्यमा थप सौर्य उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यस कम्पनीमा सोलार लगायत अन्य विभिन्न उर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

himalayan life insurance
igi long