sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट बीच सम्झौता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको संस्थागत परामर्श सेवा“ व्यबसायको आरम्भ देखि सम्पन्नता सम्म” अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि सर्वसाधारण लाई शेयर जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहितपूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए वमोजिमका कार्य गर्ने सक्ने वनाउन ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

नगरकोट रिसोर्ट लिमिटेडको कार्यालय काभ्रेपलान्चोक जिल्ला, मण्डनदेउपूर नगरपालिका, नगरकोटमा, आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले संस्थागत परामर्श सेवा सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त समारोहमा नगरकोट रिसोर्ट लिमिटेडका संचालक निरजबहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरे समेतको उपस्थिति रहेको थियो ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ ।

ज्योति क्यापिटल लिमिटेडले व्यवसायको आरम्भ देखि सम्पन्नता सम्म सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन गर्न सक्ने सम्म बनाउने कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ ।

 

 

gold
kumari bank
nawakantipur long