macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआइसी एसिया क्यापिटलको ५ वटै म्युचुअल फन्डको पुसमा न्याभ बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ५ वटै म्युचुअल फन्डहरुको पुसमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । जसमा एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड यसको न्याभ ४१ पैसाले बढेर पुस महिनामा ११ रुपैयाँ १३ पैसा पुगेको छ ।

मंसिरमा यस फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ७२ पैसा रहेको थियो । फन्डले पुस मसान्तसम्म ७२ करोड ८४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । मंसिरमा यसले ६८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

पुसमा यसको बैंक मौज्दात भने घटेर २१ करोड १८ लाख रुपैयाँ कायम भएको छ । मंसिरमा यसले २८ करोड ५ लाख रुपैयाँ बैंक मौज्दातमा राखेको थियो । पुस मसान्तसम्म यो फन्ड ७ करोड ३७ लाख रुपैयाँ नाफामा रहेको छ ।एनआइसी एसिया ग्रोथ फन्ड यसको न्याभ पुस मसान्तमा २९ पैसाले बढेर ११ रुपैयाँ १९ पैसा कायम भएको छ ।

अघिल्लो महिना यसको न्याभ १० रुपैयाँ ९० पैसा रहेको थियो । फन्डले पुस मसान्तसम्म ६३ करोड रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । मंसिरमा यसले ५९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यसको बैंक मौज्दात भने घटेर ६ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।

अघिल्लो महिना यसको बैंक मौज्दातमा २१ करोड ८५ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म यो फन्ड ९ करोड ४८ लाख रुपैयाँ नाफामा रहेको छ । एनआइसी एसिया ब्यालेन्सड फन्ड यसको पुस महिनामा प्रतिइकाई खुद सम्पति मूल्य न्याभ ३४ पैसाले बढेर १० रुपैयाँ ६५ पैसा कायम भएको छ ।

अघिल्लो महिना यसको न्याभ १० रुपैयाँ ३१ पैसा रहेको थियो । फन्डले पुस मसान्तसम्म ४३ करोड ६४ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । मंसिरमा यसले ४० करोड ७४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यसको बैंक मौज्दातमा ६ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिना यसको बैंक मौज्दातमा ११ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म यो फन्ड ४ करोड ३९ लाख रुपैयाँ नाफामा रहेको छ । एनआइसी एसिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) यसको पुस महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ २५ पैसा रहेको छ ।

यो न्याभ मंसिर महिनाको भन्दा ३३ पैसाले धेरै हो । अघिल्लो महिना यसको न्याभ १० रुपैयाँ ९२ पैसा रहेको थियो ।  यसले सूचीकृत कम्पनीको ८१ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको छ ।

मंसिरमा भने यसले सूचीकृत कम्पनीको ७५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । हाल यस फन्डले मुद्दति निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ राखेको छ ।

बैंक मौज्दातमा भने ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिना भने यसको बैंक मौज्दातमा ४४ करोड २४ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म यो फन्ड ३ करोड ४३ लाख रुपैयाँ नाफामा रहेको छ ।

एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड यसको पुस महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ३४ पैसाले बढेर १० रुपैयाँ ७२ पैसा पुगेको छ । अघिल्लो महिना यसको न्याभ १० रुपैयाँ ३८ पैसा रहेको थियो ।

फन्डले सूचीकृत कम्पनीको १९ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको छ । मंसिरमा भने यसले सूचीकृत कम्पनीको १६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । हाल यस फन्डले मुद्दति निक्षेपमा ८ करोड ७० लाख रुपैयाँ राखेको छ ।

बैंक मौज्दातमा भने ७ करोड ३६ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिना भने यसको बैंक मौज्दातमा ११ करोड ५८ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म यो फन्ड ३ करोड ९६ लाख रुपैयाँ नाफामा रहेको छ ।

himalayan life insurance
igi long
NTA long ad