citizens life insurance long ad
stcnepal long ad

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसंगआफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौतागरेको छ ।

यही १ पौष २०८० मा भएको उक्त समझौता २ वर्षका लागि भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिदैं आएको OPD Tickets, Lab Investigation, X-Ray/USG/ECG, General Bed Charge, Cabin/ICU/NICU/CCU, Operation Charge, CT Scan, Physio Therapy आदि सेवाहरुमा१० देखि १५प्रतिशतसम्मछुट पाउने भएका छन् ।

ग्राहकले आफ्नो DematConfirmation तथा परिचय पत्र देखाईअस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् ।

प्रभु क्यापिटलमा हितग्राही खाता (Demat Account) खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।

“बिरामीहरुको सुविधालाई ध्यानमा राखि स्वास्थ्य सेवाको पहुँच आम समुदायमा पु¥याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाण्डौ, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने वाध्यतालाई चिर्दै यस सिद्धार्थनगर सिटी हस्पिटलले सम्पुर्ण सेवाहरु प्रदान गरेको छ तसर्थ यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आब्हान गर्दछु” भनी यस अस्पतालका विजनेश म्यानेजर पंकज कुमार पाण्डेयले भने ।

लुम्बिनी रोड भैरहवाअवस्थित सिद्घार्थगरसिटी हस्पिटल आधुनिक प्रविधियुक्त एक उत्कृष्ट हस्पिटल हो, जसमा विशेषज्ञ डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् ।

१०० शैयाको योहस्पिटलमा २४सै घन्टा आपतकालीन सेवा,ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे,फिजियोथेरापी, डायलासिस लगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याविनसुविधाहरू छन् ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने,आफ्ना product तथा लगानी योजनासंगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक सम्झौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिदैं आईरहेको छ ।

 

IME Life
kumari