citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

म्युचुअल फन्डहरुमाथि अंकुश : अब आरक्षणमा पाएको सेयर ६ महिनासम्म बेच्न नपाइने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं ।नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डहरुलाई आरक्षणमा पाएको सेयर जथाभावी बिक्री गर्न नपाउने गरी अंकुश लगाएको छ । बोर्डले आरक्षणमा पाएको सेयर ६ महिनासम्म बेच्न वा हस्तान्तरण गर्न नपाउने व्यवस्था गरेको हो ।

यो व्यवस्था मंगलबार कात्तिक २१ गतेदेखि नै लागू हुनेछ । बोर्डको यस निर्देशनलाई कार्यान्वयन गराउन सीडीएस एन्ड क्लियरिङ लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई समेत बोर्डले निर्देशन दिएको छ ।

तर कुनै म्युचुअल फन्डका इकाईहरुको अवधि पूरा भएर ६ महिनाअघि नै खारेजीमा जाने अवस्था भएमा भने त्यस्ता फन्डहरुलाई भने यस्तो सेयर बिक्री गर्न बाधा नपर्ने बोर्डले जनाएको छ ।

प्रत्येक सार्वजनिक निष्कासनमा म्युचुअल फन्डहरुलाई ५ प्रतिशत सेयर आरक्षणमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यस अनुसार फन्डहरुले स्वतः ५ प्रतिशत सेयर पाएका छन् । तर यसरी पाएको सेयरको दुरुपयोग भएको आम लगानीकर्ताले गुनासो गर्दै आएका छन् ।

बजार निरन्तर घटेका बेलामा फन्डहरुले सेयर बजार सन्तुलन राख्न भूमिका खेल्नुपर्नेमा उल्टै ती सेयरहरु बिक्री गरेर बजारमा सप्लाई बढाइदिने गरेको आरोपसमेत फन्डहरुमा लाग्ने गरेको छ ।

आम लगानीकर्ताको व्यापक गुनासोपछि बोर्डले यस्तो कदम चालेको हो । यस व्यवस्थापछि सेयर हात पार्ने बित्तिकै सप्लाई दिएर बजार घटाउने फन्डहरुको प्रवृत्तिमाथि अंकुश लाग्ने भएको छ । यसले सेयर बजार सुधारमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

himalayan life insurance
igi long