macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लक्ष्मी क्यापिटलका ४ वटै फन्डको न्याभ घट्यो, सेयरमा लगानी कुनको कति ?

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । असोज मसान्तसम्म आइपुग्दा लक्ष्मी क्यापिटलका ४ वटै म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ ।

जसमा लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असोज मसान्तमा ३२ पैसाले घटेर ९ रुपैयाँ २९ पैसा कायम भएको छ ।

भदौ महिनामा यसको न्याभ ९ रुपैयाँ ६१ पैसा रहेको थियो । फन्डले असोज मसान्तसम्म ८२ करोड ४ लाख ६७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । भदौमा यसल ८५ करोड ८८ लाख ८० हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यसले असोजसम्म कुल ९० वटा सूचीकृत कम्पनीको ४७ लाख ६४ हजार १९० कित्ता सेयरमा लगानी गरेको छ । यस अवधिसम्म फन्डको बैंक मौज्दातमा १७ करोड ७४ लाख रुपैयाँ छ । फन्डको मुद्दति निक्षेपमा १० करोड ५० लाख रुपैयाँ छ । असोजसम्म आइपुग्दा यस फन्डको कुल घाटा २६ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यता, लक्ष्मी उन्नति कोषको न्याभ असोज मसान्तमा ९ रुपैयाँ ४१ पैसा कायम भएको छ । न्याभ साउनको तुलनामा २८ पैसाले थोरै हो ।

कात्तिकमा यसको न्याभ ९ रुपैयाँ ६९ पैसा रहेको थियो । यस कोषले भदौ मसान्तसम्म ४१ करोड ९५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । लक्ष्मी उन्नति कोषले कुल ६१ वटा सूचीकृत कम्पनीको ४४ लाख ७८ हजार कित्ता सेयरमा लगानी गरेको छ ।

असोजसम्ममा उन्नति कोषको बैंक मौज्दात ६ करोड ३५ लाख ११ हजार रुपैयाँ र मुद्दति निक्षेपमा ७ करोड रुपैयाँ छ । असोजसम्म आइपुग्दा यो फन्ड कुल ९ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको छ ।

यसैगरी, लक्ष्मी क्यापिटलको अर्को म्युचुअल फन्ड शुभ लक्ष्मी कोषको न्याभ असोज मसान्तसम्म २० पैसाले घटेर ९ रुपैयाँ ४९ पैसा कायम भएको छ । भदौ महिनामा यसको न्याभ ९ रुपैयाँ ६९ पैसा रहेको थियो ।

यस फन्डले असोजसम्म १९ करोड २ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । यसले कुल ६७ वटा सूचीकृत कम्पनीको ११ लाख ३३ हजार १८१ कित्ता सेयरमा लगानी गरेको छ ।

शुभ लक्ष्मी कोषको बैंक मौज्दातमा ३ करोड २० लाख रुपैयाँ र मुद्दति निक्षेपमा ३ करोड ५० लाख रुपैयाँ छ । असोजसम्म आइपुग्दा यो फन्ड १ करोड ६८ लाख रुपैयाँ घाटामा रहेको छ ।

साथै, लक्ष्मी भ्यालु फन्ड २ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असोज मसान्तमा १८ पैसाले घटेर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

भदौ महिनामा यसको न्याभ ९ रुपैयाँ ९४ पैसा रहेको थियो । फन्डले असोज मसान्तसम्म २८ करोड ६३ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । भदौमा यसल १५ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

लक्ष्मी भ्यालु फन्ड २ ले असोजसम्म कुल ३९ वटा सूचीकृत कम्पनीको ५ लाख ५१ हजार ७३८ कित्ता सेयरमा लगानी गरेको छ ।

यस अवधिसम्म फन्डको बैंक मौज्दातमा ३९ करोड ६० लाख रुपैयाँ छ । फन्डको मुद्दति निक्षेपमा १० करोड रुपैयाँ छ । असोजसम्म आइपुग्दा यस फन्डको कुल घाटा १ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

 

१४ कात्तिक २०८०, मंगलवार ०७:३२ बजे प्रकाशित

NTA long ad